History

२०७७ मा सामाजिक गतिविधिहरू

२०७७ मा हार्मा सम्पूर्ण कार्यकमहरू कोभिड -१९ , को कारणले सरकारी नियमअनुसार निर्धारण भए। धेरै लामो लक डाउन सुरूभयो ।त्यसको असरले धेरै समस्याहरू आइपरे।जो नेपालीहरू विदेशमा काम गरिरहेका छन् उनीहरूको रोजगारी गुम्यो र घर खर्चको लागि पैसा पठाउन सक्दैनन् साथै धेरै नेपालीहरू रोजगार विहिन भए र कुनै आय श्रोत पनि छैन। यसकारणले गर्दा धेरै नेपालीहरू घर फर्किन र खेतिपाती गर्न सुरूगरे।यदि उनीहरू सग केही जग्गाजमिन छ , भने उनीहरू धेरै भाग्यमानी किनभने उनीहरूसग कम्तीमा पनि खानको लागी केहि छ ।पछिल्लो बर्ष सम्म र्पयोग नगरीएका खालि जमिन यस बर्षबाट खेतिपाती गर्न थालिए। जससँग केही उपाय छैन उनीहरू ले खानको लागी माग्न सूरूगरे ।धेरै मानिसहरूलाई महसुस भयो कि सहरी जीवन,पश्चिमी /अमेरिकन जीवन सैलीको नक्कल भन्दा आफ्नै र्पाकृतिक र्सोतहरूमा ,धेरै गाह्रो काम र मौसममा नै निर्भर हुनू वेस।

राहत कार्यक्रम

धेरै मानिसहरू समस्यामा परे किन भने सरकारले थोरै मात्र राहत वितरण गर्यो र ति व्यक्तिहरू सग गरिबको कारणले गर्दा विपत्तिको वेलाको लागी केही वचत पनि थिएन। त्यसकारण हामी नेपाली चिल्ड्रेन ले राहतको कार्यक्रम ध्दारा सहयोग गर्ने र्पयास गर्यौ , यो कार्यक्रम धेरै सफल रहयो ।छोटो समयमानै नेपाली चिल्ड्रेनले ४०० परिवारलाई खाद्यान्नको प्याकेज वितरण गर्न सफल भयो ।एक प्याकेजले एक परिवारलाई ३/४ हप्तासम्म खान पुग्थ्यो ।हामीले ४००० मानिसहरूलाई दैनिक खानाको लागी पनि सहयोग गर्यौ साथै लडाउन समयमा बटुवालाई खाजाको ब्यवस्था पनि गर्यौ ।भाग्यले २ महिना पछि सरकारले निर्माणको काम गर्न अनुमति दिए पछि पुन रोजगार मिल्यो । केही हप्तापछि धान रोपाई कार्यक्रम सुरू भयो र मानिसहरूलाई दैनिक ज्याला दारीमा काम मिल्यो।

हार्मो राहत कार्यक्रमको क़ममा घरबास नभएका र शारीरिक एवम् मानसिक रुपमा कमजोर भएका मानिसको सेवा गर्ने संस्था मानव सेवा आश्रममा पुग्यौ ।त्यहाँ २ बच्चाहरू हाविर र सामेल पनि बस्थे ।त्यहाँका एक कर्मचारीले २ वच्चाहरूलाई यहा उपयुक्त वातावरण नभएकोले उनीहरूलाई व्यवस्था गरिदिन अनुरोध गरे ।हामीले उनीहरूलाई होस्टलमा ल्याउने निर्णय गर्यौ र असार देखि नेपाली चिल्ड्रेन होस्टेलमा वस्छन्। त्यस समय देखि हामीसँग ६ जना बालबालिकाहरूलाई भए।

अन्य परियोजनाहरू लकडाउनको कारणले गर्दा सम्पन्न हुन सकेनन्।

नयाँ विद्यालय नेपाली चिल्ड्रेन होस्टेलका बालबालिकाहरूको लागि

हामीले खोज्दैजादा भेट्यौ की विधालय जहाँ डाइरेक्ट टिचिङग् र मोटिभेसनल र्टेनिङग्/ टिचिङग् हुन्छ। जुन western टाइपको सिकाइ हो ।विधालयमा धेरै अभिनयको माध्यमबाट पनि सिकाइ गरिन्छ। उनीहरूले लकडाउनको समयमा छिटै अनलाइन क्लास र अनलाइन होम होमवर्क सुरूगरे ।यो विधालय नेपाली चिल्ड्रेन होस्टेल देखि धेरै टाढा थियो त्यसकारण हामी स्थानान्तरण भयो । हामीले आफै भवन निर्माण गर्ने निर्णय गर्यौ किनकि हामी घर धनिसग निर्भर रहनु पर्दैन। त्यसकारण धेरै सुरक्षित हुन्छौ। अर्को फाइदा हामी , हार्मो संस्था नेपाली चिल्ड्रेन फाउंडेशन का वोर्ड सदस्य बोधराज र जोलान्दा को बासस्थान नजिकै हो।अहिले उनीहरूलाई बच्चाहरूलाई र गंगा लाई मद्दत र मार्गदर्शन गर्न धेरै समय मिलेको छ। अहिले नेपाली चिल्ड्रेन होस्टेल धेरै राम्रो ठाउँमा जहा ठूलो तरकारीबारी र बच्चाहरूलाई खेल्नको लागी ठाउ छ।

दशै कार्यक्रम

हामीले पैसा जुटायौ खेलकुदका सामानहरू किन्नको लागी। उनीहरू आफ्नो गृहकार्य सकेपछी, खेल्न सक्छन् धेरै खेलहरू जस्तै : ब्याडमिन्टन, फुटबल, भलिबल, बास्केटबल, दैनिक कसरतका सामार्गीहरू इत्यादि। उनीहरूको जीवन आजकल धेरै सुविधासम्पन्न छ।

बालबालिका र्पायोजक

दुर्भाग्यवश २०७७ मा ७ बालबालिकाहरूका र्पायोजक अभिभावक कम भए। ७ बालबालिकाहरूलाई अब हामीले उनीहरूको शिक्षामा सहयोग गर्न सक्दैनौ ।यदि तपाई अथवा तपाईको सम्पर्कको कोही व्यक्तिले सहयोग गर्न चाहनुहुन्छ भने बार्षिक एक बालबालिकाको लागी २२०००/-(बाइस हजार)।कृपया सम्पर्क गर्नुहोस्। jolanda@nepalichildren.com or financieel@nepalichildren.com.

You Tube च्यानल

यो वर्ष हामीले You Tube च्यानल खोल्यौ। यो राम्रो माध्यमहो नेपाली चिल्ड्रेन को र यसका कार्यक्रमको बारेमा सबैलाई जानकारी दिन। साथै बोधराज र जोलान्दा का"Motivational speeches" हरू पनि पोष्ट हुन्छन् ।कृपया Subscribe गरिदिनु होला, तपाईँहरूको सहयोगले नै हामीले यो च्यानलको नाम Nepali Children दिन सक्दछौॅ।

हामी नेपाली चिल्ड्रेन फाउंडेशन लाई धेरै आनन्द लाग्छ कि यो बर्षमा धेरै कार्यक्रमहरू गर्न सफल हुँदा ।

social report 2019 Nepali.pdf

social report 2018 Nepali.pdf

social report 2017 Nepali.pdf

social report 2016.pdf

social report 2015.pdf